.

Monday, March 17, 2014

गाजल (बाँचिरहेछु त्यो चिहानको लागि )

यसरी नै बाँचिरहेछु त्यो चिहानको लागि 
अन्तीम युद्ध जारी नैछ खानपानको लागि 

माया केहो विश्वास कोहो भुलेको छु अचेल
जान्नु पनि ठिक लागेन अञ्जानको लागि

उस्ले पनि म माथि ठुलै घात गरेकै थिई
बचाउन इज्जत पुर्खाको खानदानको लागि

सरकारले हरेक पल पुरानै कोटा ल्याउछ
भैसी पाल्ने दुध बनाउने किशानको लागि 

सौचालयमा ईश्वर राख्ने मान्छेहरू बुझ
मुस्लीमहरू ज्यान दिन्छन कुरानको लागि

मेलम्चीको पानी योजना हरायो भने यसैगरी
कता जान्छन काठमाडौ बासी स्नानको लागि 

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग