.

Monday, March 17, 2014

गज़ल (केके छापिएको छ अखबारमा)

आज भोलि केके छापिएको छ अखबारमा
मैले पढेको पनि छैन् अचेल समाचारमा

हिजो एउटा साथीले सुनाउदै थियो मलाई
चेलीको दिउसै इज्जत लुटिएछ बजारमा

रमेश खरेलले धेरै राम्रो काम गरेका थिए
काग्रेसले मुछ्न थालेछ उनलाई गंद्धारमा

मन मरेर हुनपर्छ घृणा लाग्न थालेको छ
अचेल मेरी प्रियाले लगाउने शृङ्गारमा

यसलाई कलियुगको सुरुवात भन्न सकिन्छ
असल मान्छे बाँच्न गाह्रो छ अब संसारमा

एउटाले दुइदिन गजल के पोष्ट गरेको थियो
उसलाई गजलकार घोषित गरिएछ हतारमा

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग