माया गरी मुटु दिए टुक्रा पारी गयौ आज
अजम्बरी हाम्रो नाता अन्तै सारी गयौ आज
फुल्दै थियो पिरतीको फुल मनको पाखा भित्र
चलाएर हुरी तिम्ले भुँईमा झारी गयौ आज
खोजे हरपल तिमीलाई शुःख मात्र दिन्छु भनी
पापी रैछ मन क्यार आँखा तारी गयौ आज
बाचा कसम भन्नु पनि टुक्रि जाने खेल रैछ
हात थामी पराईको माया मारी गयौ आज
थिए धेरै मन भित्र पलाएका जीजी बिसा
विश्वासको विज सारा निखारी गयौ आज
आज मलाई विवश बनाई प्रेम प्याला पिलाएर
जीत्न खोज्यौ तिम्ले बाजी आफै हारी गयौ आज
अजम्बरी हाम्रो नाता अन्तै सारी गयौ आज
फुल्दै थियो पिरतीको फुल मनको पाखा भित्र
चलाएर हुरी तिम्ले भुँईमा झारी गयौ आज
खोजे हरपल तिमीलाई शुःख मात्र दिन्छु भनी
पापी रैछ मन क्यार आँखा तारी गयौ आज
बाचा कसम भन्नु पनि टुक्रि जाने खेल रैछ
हात थामी पराईको माया मारी गयौ आज
थिए धेरै मन भित्र पलाएका जीजी बिसा
विश्वासको विज सारा निखारी गयौ आज
आज मलाई विवश बनाई प्रेम प्याला पिलाएर
जीत्न खोज्यौ तिम्ले बाजी आफै हारी गयौ आज





No comments:
Post a Comment