.

Monday, March 10, 2014

गज़ल (पाइला चाल्ने कैले होला)

नारीले विकासमा पाइला चाल्ने कैले होला
लगाईएका झुटा आरोप पखाल्ने कैले होला

आफ्नै चेलीबेटि माथि नजर लागाउछन् यहाँ
यस्ता यौन पिपासुलाई निकाल्ने कैले होला

खै कहाँ सकिएको छर अत्याचार नारी माथि
भैरहेका दमन शाेषण लार्इ फाल्ने कैले होला

तिमी चुलौ चौकौमा सीमित हुनुपर्छ भन्ने
यस्ता कथित कु संस्कार ढाल्ने कैले होला

हरेक दिन चिर हरिदा अनेकौ सीताको यहाँ
दुर्गा बनी कठोर मनहरू पगाल्ने कैले होला

स्वच्छ असल समाजको अब निमार्ण गरी
नर नारी समानताको दिप बाल्ने कैले होला

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग