.

Friday, March 7, 2014

गजल (कस्तो माया लाए मैले)

यो मन मुटु बार्नु पर्ने कस्तो माया लाए मैले
सम्झौता गरी हार्नु पर्ने कस्तो माया लाए मैले

मुटु उन्लाई सुम्पैके थिए धन दिन नसेके नि
चाहातहरू मार्नु पर्ने कस्तो माया लाए मैले

कुनै दिनको खुसी खोजी झरेपछि परदेशमा
नयन मात्रै तार्नु पर्ने कस्तो माया लाए मैले

फूल खेली कोपीलामा फल लाग्ने आशा राख्दा
फूल्न नपाई झार्नु पर्ने कस्तो माया लाए मैले

कति गर्छिन माया भन्दै माया जाँच्ने यन्त्र बोकि
दिलको कुना चार्नु पर्ने कस्तो माया लाए मैले

मैरै अघि पराईले उन्को सिंउदो रंग्याउदा
बसाई अन्तै सार्नु पर्ने कस्तो माया लाए मैले

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग