हेर्दा हेर्दै अफ्गानीले धुलो खायो क्रिकेटमा
रन सँगै चौका छक्का ठुलो खायो क्रिकेटमा
.
के सक्थेर जित्न अब गोर्खे हाम्रो नेपालीलाई
बेहोसी भै ओखती र मुलो खायो क्रिकेटमा
.
गए हुन्छ झोला बोकि घरतिर लुखुर लुखुर
अहिले त काष्टिङ् मात्र खकुलो खायो क्रिकेटमा
.
दर्शक पनि अफ्गानीका हुटिङ त गर्दै थिए
हेर्दा हेर्दै आँखा बिचको फुलो खायो क्रिकेटमा
.
सोच्थे होलान सर्प हामी विष पक्कै छर्नुपर्छ
कठैबरा टिठै लाग्यो माउसुलो खायो क्रिकेटमा

No comments:
Post a Comment