परदेशको तातो भूमि माथि पिठ सेकाएर
बस्नु पर्छ यहाँ हजुर आधा अंग देखाएर
खजुरको बोट हेर्दै सुस्ताउछन् झिल्के दाजु
कैले फल्ला पैशा भनी तल माथि चिहाएर
हिजोसम्म मुस्कुराउने बिर्गे दाजु कठै बरा
अस्पताल भर्ना भाछन हात गोडा कटाएर
लाउछन् कोर्रा शरीरमा पार्छन् मुर्दा सरी यहाँ
बोल्न पनि हुन्न हजुर आँखा आँखा जुधाएर
तस्वीर हेरी कति दिन बाँचुला खै विदेशमा
पोल्छ छाती जल्छ मुटु तिम्रो यादले सताएर
मेरी प्यारी तिमी घर बाबा आमा समाले है
दुःख दिन हुन्न कतै बृद्धा आश्रम पठाएर
दिनरात तातो खुबुस तातै घाम खाए पनि
बाँचे भने आउला घर धेरै धन कमाएर
बस्नु पर्छ यहाँ हजुर आधा अंग देखाएर
खजुरको बोट हेर्दै सुस्ताउछन् झिल्के दाजु
कैले फल्ला पैशा भनी तल माथि चिहाएर
हिजोसम्म मुस्कुराउने बिर्गे दाजु कठै बरा
अस्पताल भर्ना भाछन हात गोडा कटाएर
लाउछन् कोर्रा शरीरमा पार्छन् मुर्दा सरी यहाँ
बोल्न पनि हुन्न हजुर आँखा आँखा जुधाएर
तस्वीर हेरी कति दिन बाँचुला खै विदेशमा
पोल्छ छाती जल्छ मुटु तिम्रो यादले सताएर
मेरी प्यारी तिमी घर बाबा आमा समाले है
दुःख दिन हुन्न कतै बृद्धा आश्रम पठाएर
दिनरात तातो खुबुस तातै घाम खाए पनि
बाँचे भने आउला घर धेरै धन कमाएर





No comments:
Post a Comment