दोषी तिमी र म
...................
अतृत्प तिम्रो प्यास,
सँगै झल्केको जवानी,
जवानी भित्रको मोहित पार्ने तत्व,
अनि त्यसैमा झुम्मिएको म
.
कति रमाइयो त्यो क्षण,
कति विश्वानीय त्यो पल,
रातमा जुन उदाउदा तिम्रो झल्को,
वनमा कोइली कुहुकुहु गर्दा तिम्रै झल्को,
हावाको हरेक झोका भित्र तिम्रै स्पर्स
धर्ती गंगगनका हरेक बस्तु भित्र तिमी मात्र तिमी ।
.
बिस्तारै फेरियो समय,
कोल्टियो तिम्रो जवानी,
उड्न थाल्यो तिम्रो रंग,
भासीन लागे तिम्रा नयन,
अनि देखिन लाग्यौ उजाड
मरुभूमिको उट जस्तो,
जलाएर फेक्किएको ठुटो जस्तो,
अनि रंगहिन बस्तु जस्तो
.
बिडम्बना
त्यही रंगहिन बस्तुसँगै
त्यही मरुभूमिको उट जस्तै,
तिमीमा बदलियछ मायाका रंगहरू,
टुक्रिएछन प्रेमका मुनाहरू,
भासियछन अथाहा शक्तिहरू
जसलाई
हामी जीउने सहारा मानेका थियौ,
जीवनको अमूल्य र उच्चतम बस्तु मानेका थियौ,
अनि संसारका सबैभन्दा सुन्दर युगल जोडि पनि,
त्यसैले त,
त्यसैले त
आज तिमी अलग छौ,
तिमीसँगै म अलग छु,
अनि हाम्रो मायामा रमाउने,
त्यो चन्द्रमा पनि निष्पात र अधेँरो देखिएका छ,
छाडेका छन हावाका झोकाहरूले स्पर्ष गर्न,
छोडेका छन कोइलीहरू मधुर गीत गाउन,
अनि छोडेका छन नदिहरूमा छालहरू आउन
कारण,
कारण
अलिकति तिमी दोषी छौ,
अलिकति म दोषी छु,
अनि अलिकति यो माया प्रेम दोषी छ,
र अलिकति यो संसार दोषी छ,
वास संसार दोषी छ
...................
अतृत्प तिम्रो प्यास,
सँगै झल्केको जवानी,
जवानी भित्रको मोहित पार्ने तत्व,
अनि त्यसैमा झुम्मिएको म
.
कति रमाइयो त्यो क्षण,
कति विश्वानीय त्यो पल,
रातमा जुन उदाउदा तिम्रो झल्को,
वनमा कोइली कुहुकुहु गर्दा तिम्रै झल्को,
हावाको हरेक झोका भित्र तिम्रै स्पर्स
धर्ती गंगगनका हरेक बस्तु भित्र तिमी मात्र तिमी ।
.
बिस्तारै फेरियो समय,
कोल्टियो तिम्रो जवानी,
उड्न थाल्यो तिम्रो रंग,
भासीन लागे तिम्रा नयन,
अनि देखिन लाग्यौ उजाड
मरुभूमिको उट जस्तो,
जलाएर फेक्किएको ठुटो जस्तो,
अनि रंगहिन बस्तु जस्तो
.
बिडम्बना
त्यही रंगहिन बस्तुसँगै
त्यही मरुभूमिको उट जस्तै,
तिमीमा बदलियछ मायाका रंगहरू,
टुक्रिएछन प्रेमका मुनाहरू,
भासियछन अथाहा शक्तिहरू
जसलाई
हामी जीउने सहारा मानेका थियौ,
जीवनको अमूल्य र उच्चतम बस्तु मानेका थियौ,
अनि संसारका सबैभन्दा सुन्दर युगल जोडि पनि,
त्यसैले त,
त्यसैले त
आज तिमी अलग छौ,
तिमीसँगै म अलग छु,
अनि हाम्रो मायामा रमाउने,
त्यो चन्द्रमा पनि निष्पात र अधेँरो देखिएका छ,
छाडेका छन हावाका झोकाहरूले स्पर्ष गर्न,
छोडेका छन कोइलीहरू मधुर गीत गाउन,
अनि छोडेका छन नदिहरूमा छालहरू आउन
कारण,
कारण
अलिकति तिमी दोषी छौ,
अलिकति म दोषी छु,
अनि अलिकति यो माया प्रेम दोषी छ,
र अलिकति यो संसार दोषी छ,
वास संसार दोषी छ





No comments:
Post a Comment