.

Monday, March 31, 2014

आधुनिक गज़ल

यहाँ सत्ताको नाँउमा मान्छेहरू लडेको देखेर
के बुझ्नु भो सरकार तपाई राजधानीमा बसेर

मैले हिजो मात्र खबर पाएको थिए रेडियोमा
निर्दोश जनता मारीदैछन बम बारुद पड्केर

मेरी आमाले मलाई परदेश पठाउनु पूर्व 
निर्णय ठिक लिएको हुनुपर्छ सोचेर सम्झेर

तपाइ कसैसँग पनि सम्झौता नगर्नु यहाँ 
सबै ठुला बडाहरु थर्काउने गर्छन हेपेर

यदि साँच्चै प्यारो देश बनाउने हो भने मित्र
युवा शक्ति एक जुट हुनुपर्छ अगाडि बढेर

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग