मान्छे मरे शंख फुके आउनु घरतिर
अरु रुदा तिम्ले गीत गाउनु घरतिर
मत जान्छु काँध चडि मलामीको माँझ
जति थियो हाम्रो चिनो जलाइदिनु आज
दुःख होला सक्यौ भने धाउनु घरतिर
अरु रुदा तिम्ले गीत गाउनु घरतिर
मेरो जब अन्त्य हुन्छ मसान घाट छेउ
सक्छौ भने खुसी साथ दाग बत्ती देऊ
अस्तु बग्दा पानी माथि लाउनु घरतिर
अरु रुदा तिम्ले गीत गाउनु घरतिर
मान्छे मरे शंख फुके आउनु घरतिर
अरु रुदा तिम्ले गीत गाउनु घरतिर





No comments:
Post a Comment