.

Friday, April 4, 2014

गज़ल ( लाग्छ पहिचान गर्नु छ)

यो मायामा के रोग लाग्छ पहिचान गर्नु छ
एक्लै उत्तर खोज्नु छ एक्लै निदान गर्नु छ

तिमी झुटो आस्वासनले मलाई ठग्ने नगर
मत मायाको पुँजारी हुँ सम्मान गर्नु छ

बजार भाउमा कलियुगे जोडि धेरै बढेपछि
... माया खरीद बिक्री गर्ने दोकान गर्नु छ

परदेशी हुँ अलिकति पीडा पक्कै होलान
तर खुसी साथ जिन्दगीको बयान गर्नु छ

विवशको पानाबाट जब मुक्ति पाउछु मैले
तब दुःखहरू जीवनबाट कटान गर्नु छ

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग