खुसीहरू बाटो लाए दुःख आए जिन्दगीमा
अरु जस्तै मैले पनि धोका पाएं जिन्दगीमा
पीडा केहो चोट केहो नसोध्नु भो मेरा साथी
उकालीमा सधै भरी रथ कु धाएं जिन्दगीमा
जून तारा आकाशमा देख्दा राम्रो हुँदो रैछ
धर्तीमा त सूर्य ग्रहण मात्र छाए जिन्दगीमा
भाग्य मेरो फेर्न खोजी धाइरहेँ मन्दिरमा
देवताले पनि मलाई पाखा लाए जिन्दगीमा
विवशको पाना भित्र मेरो पनि नाम हुन्छ
मृत्यु शैया बेस ठानी बिष खाए जिन्दगीमा
अरु जस्तै मैले पनि धोका पाएं जिन्दगीमा
पीडा केहो चोट केहो नसोध्नु भो मेरा साथी
उकालीमा सधै भरी रथ कु धाएं जिन्दगीमा
जून तारा आकाशमा देख्दा राम्रो हुँदो रैछ
धर्तीमा त सूर्य ग्रहण मात्र छाए जिन्दगीमा
भाग्य मेरो फेर्न खोजी धाइरहेँ मन्दिरमा
देवताले पनि मलाई पाखा लाए जिन्दगीमा
विवशको पाना भित्र मेरो पनि नाम हुन्छ
मृत्यु शैया बेस ठानी बिष खाए जिन्दगीमा





No comments:
Post a Comment