तिम्रो यादमा जून हेरी कति दिन बाँचुला र ?
भन प्यारी तिमी बिना कसो गरी हाँसुला र ?
मुर्छा पर्छु सम्झनामा मरुभूमि बगरमा
तिमी भए कति खुसी हुन्थे होला नगरमा
एउटा अंग टुक्रिसक्यो कसो गरी नाँचुला र ?
भन प्यारी तिमी बिना कसो गरी हाँसुला र ?
यस्तै रैछ पापी कर्म जन्मे देखी चोट पाए
छुटि जानु थियो दैव किन मैले माया लाए
पीडा बोकी अरुसँग अब नाता गाँसुला र ?
भन प्यारी तिमी बिना कसो गरी हाँसुला र ?
तिम्रो यादमा जुन हेरी कति दिन बाँचुला र ?
भन प्यारी तिमी बिना कसो गरी हाँसुला र ?





No comments:
Post a Comment