.

Friday, April 4, 2014

गज़ल ( सम्मान हुन्छ कलाकारको)

कठै मरेपछि सम्मान हुन्छ कलाकारको
तर पहिल्यै फूल अविर दलिन्छ गद्धारको

म यस्तो देशमा जन्मेको छु सुन्नुहुन्छ साथी
जहाँ बिल्कुल कदर गरिन्न उच्च विचारको

हिजो सडकमा फूलमाला पहिराई घुमाइयो
कस्तो बिडम्बना उही देश द्रोहि खुङ्खारको

म मरुभूमिमा पसीना बगाइरहेको छु प्रिय
तिमी यो पलमा इच्छा नगर लगाउने हारको

जब कलियुगले छुन थाल्यो संसारलाई
तब माया किन्ने भाउ बडेको हो बजारको

हिजो हत्याराले मन्त्रीको सफथ खाएपछि
आज राजनीति फस्टाएको छ मारामारको

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग