.

Friday, April 4, 2014

गज़ल ( कुन रुख्मा फल्ला र खै)

नेपालमा संविधान कुन रुख्मा फल्ला र खै
रगतको होली खेली कति दिन चल्ला र खै

सोच्नु पर्ने कुरा छयो राट्र घाती नेताहरू
जनता मारा खेल तिम्रो कसो गरे गल्ला र खै

हट्यो भन्छौ राजा तिमी तर मैले मान्या छैन
उस्तै मोह उस्तै लाल्छा साच्चै सत्ता ढल्ला र खै

जनता को बली दिई सत्ता माथि कुर्लेनेलाई
शंकै लाग्छ स्वार्ग वासी शहिदले छल्ला र खै

प्रश्नको सञ्जाल माथि उत्तरले नै प्रश्न गर्छ
पानी माथि दाउरा झोसी आगो कैले बल्ला र खै

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग