.

Monday, April 14, 2014

गज़ल ( बचन बाण मानें आज)

छुराभन्दा धारीलो त बचन बाण मानें आज
प्रहार गर्दा छाती माथि पीडा केहो जानें आज

सधैँ भरी दुःख खेप्ने चाहा कस्तो जिन्दगीको
बाँच्दै मर्दै गर्नु पर्छ यस्तै यस्तै ठानें आज

घाम जून पनि हिजो परीक्षामा सामेल थिए
दिनमा सूर्य रात्मा जून उत्तरमा छाने आज

कस्तो पापी मुटु होला सम्झनामा धड्कि दिने
अति भयो अत्याचार मुटु झिकी बानें आज

बिग्रिएको भाग्य मेरो बन्छ भन्ने हल्ला सुने
शिर चढाई पथ्थरमा कैयौ पल्ट हानें आज

मेरा कोही साथी संगी मलाई उत्तर दिनुहोला
मर्दा केवल कात्रो बाहेक अरु कोछ लाने आज

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग