.

Friday, August 8, 2014

गजल , आफैदेखी घृणा गरी

रुठेका छन आत्माहरु आफैदेखी घृणा गरी 
टुटेका छन स्वप्नाहरु निष्ठुरीको जाल्मा परी

बाँच्न भन्दा मर्न प्यारो लागेको छ आजभोली 
कति दुःख सहनु अब जीन्दगीमा घरी घरी

सुम्पिदिनु तिमी पनि अर्कैलाई तन मन
सक्दिन म सक्दिन भो गर्न अब लरी बरी

बगरमा चिता बनाई बस्नेछु म यतै तिर
कस्को लागी जानु छर अब मैले जंगार तरी

विवश छु विवश भै बाँचिदिउला यो जुनिमा
सम्झनालाई तस्वीर राख्नु गए भने म मरी

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग