.

Friday, August 8, 2014

गजल , चोटमा बाँचेको छ यसरी

नभन्नु कोहि चोटै चोटमा बाँचेको छ यसरी 
चोट खाएर पनि विवश हाँसेको छ यसरी

तिमी त महलमा बस्छौ के थाहा दुखीका कुरा
कैयौ पीडा सहि झुपडिमा नाँचेको छ यसरी 

सुनामी अनि सागर अन्तर बुझ्न कठिन हुन्छ
त्यहि बगरमा पनि सपना साँचेको छ यसरी

जाबो एउटि प्रेमीका फसाउन नसक्ने मान्छे
बिचरा त्यहि गुलाफ फूल भाँचेको छ यसरी

जवानी थियो कलकलाउदो कुनै बेला उस्को
पागल प्रेमी बनेछ जीन्दगी मासेको छ यसरी

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग