.

Friday, August 8, 2014

गजल , फुकाएर आएको छु

सम्झनाका जिजिविसा फुकाएर आएको छु
सबै सँग नाता आज टुटाएर आएको छु

नरमाउनु फूल दिदा गुलाफको हालतभरी
मुटु भित्र कैयौ काँडा घोचाएर आएको छु

नभन्नु है सजिलो थ्यो गन्तव्यमा पुगी छाड्यो
उकालोमा रथ मैले कुदाएर आएको छु

पीडा हुन्थ्यो व्याथा हुन्थ्यो एकान्तमा डुलि हिड्दा
धेरै ठाँउ आश्रु मुल पोखाएर आएको छु

खुसी हुदै हेर्दा हुन्छ हजुरले कान्तिपुरमा
श्रद्धाञ्जली विवश नाम छपाएर आएको छु

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग