.

Friday, August 8, 2014

गजल , यस्तै छन मान्छेहरु

माया गर्छन धोका दिन्छन यस्तै छन मान्छेहरु
सस्तो भाउमा प्रेम किन्छन यस्तै छन मान्छेहरु

सागर त आफै पनि शान्त बसि बगी दिन्छ
खोली सरी थर्काई हिन्छन यस्तै छन मान्छेहरु

जमिन बसी जगमगाउदो जून तारा देखाएर
जबर जस्ती तन छिन्छन यस्तै छन मान्छेहरु

दुःख पीडा सधैँ भरी अमृत भनी पिलाएर
हर्ष उल्लास लुटि लिन्छन यस्तै छन मान्छेहरु

विवश ताको कुटि भित्र अझै पनि वेदना छन
रमाई रमाई चोट गीन्छन यस्तै छन मान्छेहरु

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग