.

Friday, August 8, 2014

गजल , बेचिन्छन इमानहरु

यहाँ सस्तो बजारमा बेचिन्छन इमानहरु
र त यस्को प्रभावले कुर्लिन्छन मसानहरु

आज म छक्क छु यो अनौठौ दुनिया देखेर
जहाँ दिन प्रतिदिन गुमाउदैछन पहिचानहरु

हिजो त्यहि खोले सिस्नोमा रमाउने हरुको
पिजा वर्गर के एफ सी रहेछन् खानपानहरु

म सक्दिन अंह सक्दिन तिम्लाई मेरो बनाउन
छाप्रो घर हलो जोत्ने यस्तै मेरा खानदानहरु

भोली म पनि तिमी जस्तो हसिलो हुन सक्छु
आज विवश देखेर नकुर्ल ए व्याँसाका बथानहरु

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग