.

Friday, August 8, 2014

गजल , दाग लागेको छ आजभोली

मेरो शरीर माथी दाग लागेको छ आजभोली
रत मेरो ज्युँउने इच्छा भागेको छ आजभोली 

तिमी पथ्थर दिएर फूल सरी मुस्कुराउ भन्छौ
आँश्रु धारा नयन बाट जागेको छ आजभोली

सागर कहाँ सुनामी झैँ उर्लिएर आउथ्यो बरा
सहन गर्ने क्षमता नै नागेको छ आजभोली

चोट बेदना पीर व्याथा जीवन भरी छाएपछि
कालले पनि मृत्यु शैया टागेको छ आजभोली

झरी बादल आँधी तुफान जीन्दगीमा आए पछि
विवश बनि तिम्रो साथ मागेको छ आजभोली

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग