मेरो लास बगाइदिनु बाग्मती किनारमा
र तस्वीर सजाइदिनु बाग्मती किनारमा
बाँचुञ्जेर तिमीले नामर्द भन्यौ सहि दिए
अब बाटो देखाइदिनु बाग्मती किनारमा
पीडामा तड्पिदा महलको इच्छा छैन कतै
एक झुप्रो बनाइदिनु बाग्मती किनारमा
चिता माथी लास हुँदा रमाउदै तिमी पनि
शंख ध्वनी बजाइदिनु बाग्मती किनारमा
विवश मरेर पनि तिम्रो समिप रहेनेछ हेर
फुल्को माला लगाइदिनु बाग्मती किनारमा
र तस्वीर सजाइदिनु बाग्मती किनारमा
बाँचुञ्जेर तिमीले नामर्द भन्यौ सहि दिए
अब बाटो देखाइदिनु बाग्मती किनारमा
पीडामा तड्पिदा महलको इच्छा छैन कतै
एक झुप्रो बनाइदिनु बाग्मती किनारमा
चिता माथी लास हुँदा रमाउदै तिमी पनि
शंख ध्वनी बजाइदिनु बाग्मती किनारमा
विवश मरेर पनि तिम्रो समिप रहेनेछ हेर
फुल्को माला लगाइदिनु बाग्मती किनारमा





No comments:
Post a Comment