.

Friday, August 8, 2014

गजल , चुवाउने धेरै भेटें

सधैँ भरी आँशु वर्षा चुवाउने धेरै भेटें
यस्तो लाग्छ सायद मैले रुवाउने धेरै भेटें

फल्न फुल्न कहाँ दिन्थ्ये गुलाबी त्यो फूलसरी
हाँगै भाची डाली बाट तुवाउने धेरै भेटें

पीडा व्याथा मन भरी छताछुल्ल भए पछि
आँशु झारी परेली ति धुवाउने धेरै भेटें

पापको घडा भरे पछि हिजोआज मान्छेहरु
सागर बिच गई सधैँ नुवाउने धेरै भेटें

जानी बुझि कलियुगमा प्रेम मस्ती गर्नेहरु
विवश जस्तै रुन यहाँ सुवाउने धेरै भेटेँ

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग