निभ्न लागे दियो सरी कठै मेरो जीन्दगानी
जीँउछु होला कसो गरी कठै मेरो जीन्दगानी
फूल दिए काँडा पाए त्यो पनि त सहेकै थ्येँ
घाउ बल्झ्यो अनेक थरी कठै मेरो जीन्दगानी
चाहा थियो चन्द्र छुने हाँस्दै खेल्दै रमाउदै
दुःख व्याथा जंगार तरी कठै मेरो जीन्दगानी
पागल प्रेमी बने पनि तस्वीर हेर्दा पापीनीको
याद आउछ घरी घरी कठै मेरो जीन्दगानी
विवश छु विवश बन्छु यो जुनिमा यसै गरी
भैगो नआउ नक चरी कठै मेरो जीन्दगानी

No comments:
Post a Comment