.

Friday, August 8, 2014

गजल , भएको थ्योँ यसै दिन

राज दरबार सत्यनास भएको थ्योँ यसै दिन
नेपाल भरी रुवा बास भएको थ्योँ यसै दिन

खुसी थियो उमंग थियो चौतर्फी परीवारमा
पल भरमै लासै लास भएको थ्योँ यसै दिन

जनताका प्यारा थिए राजा रानी मुटु माझ
रहस्यमय पर्दा फास भएको थ्योँ यसै दिन

एकैचोटि गोली चली स्वर्गबासी भए सारा
केहि हराएको आभास भएको थ्योँ यसै दिन

शोकाकुल जनतामा विवश मात्र देख्न सक्थ्यौँ
न त अधेँरी न प्रकाश भएको थ्योँ यसै दिन

No comments:

Post a Comment

स्मृति–संग्रहमा


श्रुति–संवेग